राष्ट्रिय तेक्वान्दो संघ द्वारा नव नियूक्त सदस्य सचिव दीपक लामा लाई बधाई

राष्ट्रीय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुर परिवार ले एक कार्यक्रम बीच नब नियूक्त प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश को सदस्य सचिव दीपक लामा लाई बधाई यवम सफल कार्य कॉल को शुभकामना प्रदान गरेको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुर को अध्यक्ष मदन कुमार श्रेष्ठ, केन्द्रीय सदस्य नारायण सिंह थिङ, प्रदेश सचिव भोजराज पराजुली र जिल्ला सचिव रवीन्द्र राई लगायत खेलाडी भाई बहिनी ले बधाई तथा शुभकामना को चिनो सहित खादा लगाएर सफलताको शुभकामना दिईयको हो । जसमा सदस्य सचिव ले तेक्वान्दो खेल काे सदै साथ रहने र तेक्वान्दो खेल लाई एक बनाएर लैजानु पर्ने मा जोड दिनु भयो ।